१२ श्रावण २०८१, शनिबार

रूपन्देहीको तिलोत्तमामा दुई समूहबिच भएको झडपमा एकजनाको मृत्यु, ३ जना घाइते

प्रकाशित मिति :  19 September, 2023 11:12 am


सांकेतिक तस्विर

रुपन्देही । रूपन्देहीको तिलोत्तमामा दुई समूहबिच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न जिल्लाबाट रूपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबिच झडप भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले तिलोत्तमा नगरपालिका–९ केउलानीमा दुई समूहबिच गएराति झडप भएको जानकारी दिए । एक होटलमा बसेर मदिरा सेव गरिरहेकाहरूबिच विवादपछि झडप भएको हो ।

झडपमा परी हेटौडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

घाइते हुनेमा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएका छन्।

उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरी नायब उपरिक्षक थापाले झडपमा संलग्न रहेको आशंकामा १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !