२२ बैशाख २०८१, शनिबार

सरकार र शिक्षक महासङ्घ आज पनि वार्तामा बस्दै

प्रकाशित मिति :  22 September, 2023 7:28 am


काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता हुने भएको छ । सरकार र नेपाल शिक्षक महासंघबीच अहिले ८ बजे पुन वार्ता हुने भएको हो ।

बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको थियो ।

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको बिहीबारको छलफल सकारात्मक रहेको र शुक्रवार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए ।

विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !