२३ बैशाख २०८१, आइतबार

मंगलवामा अनिश्चितकालीन कफ्र्यु आदेश

प्रकाशित मिति :  22 September, 2023 8:10 am


सर्लाही । सर्लाहीजिल्ला सदरमुकाम मंगलवामा आजपनि अनिश्चितकालीन निषेधाज्ञा जारी रहेको छ। जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो।

दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मंगलवामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरएिकमो हो ।

मूर्ति विर्सजन गर्न जाने क्रममा मलङ्गवा- ३ मा भएको विवादसम्बन्धी विषयलाई लिएर पुरानो मलङ्गवा नगरक्षेत्रमा भएको सार्वजनिक संरचनाको तोडफोड, आगजनीका कारण सर्वसाधारणको सुरक्षामा पर्न जाने जोखिमलाई ध्यानमा राखि कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल-भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कफ्र्यु आदेशमा भनिएको छ।



प्रतिक्रिया दिनुहोस !