शिक्षकसँगको वार्तामा आज सहमति जुट्छ : मन्त्री गुरुङ
प्रकाशित मिति : 22 September, 2023 10:10 am

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूसँग औपचारिक छलफलमा बस्नुअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र सरोकारवाला मन्त्रीहरुबीच छलफल भएको छ ।
सिंहदरबारमा भएको छलफलमा आन्दोलनरत शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल भएको कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए । शिक्षकहरुका सबै मागका विषयमा छलफल भएको र आजको वार्तामा सहमति जुट्छ उनले जानकारी दिए ।
मन्त्रीहरूबीचको छलफलपछि केही बेरमा सरकारी टोली र शिक्षक महासङ्घका प्रतिनिधिबीच वार्ता हुने मन्त्री गुरुङले बताए । विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।