२३ बैशाख २०८१, आइतबार

बाँकेको बालसुधार गृहमा भएको झडपमा रुपन्देही कञ्चनका सुलभ केसीको मृत्यु

प्रकाशित मिति :  22 September, 2023 11:05 am


काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको । मृत्यु हुनेमा कञ्चन गाउँपालिका-४ रूपन्देहीका १८ वर्षीय सुलभ केसी छन्।

झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । केसी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ सजाय काटिरहेको थिए।

झडपमा १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होम लगिएको छ।

उनको मृत्युपछि सुधारगृहमा रहेका बालकहरूले सुधार गृह तोडफोड गरेका छन्। बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !