२३ बैशाख २०८१, आइतबार

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सिंहदरबारमा वार्ता सुरु

प्रकाशित मिति :  22 September, 2023 4:15 pm


काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । शुक्रबार सिंहदरबारमा आन्दोलनरत शिक्षकसँग तेस्रो पटक आज वार्ता सुरु भएको छ ।

जारी वार्तामा शिक्षकहरुको माग सम्बोधन हुने गरी आजै सहमती गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने आन्तरिक छलफल लागि भनेर वार्ता समय सारिएको थियो ।

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका थिए ।

उक्त छलफलमा शिक्षा मन्त्रालयको तर्फबाट सहमतिको ड्राफ्ट प्रस्तुुत गर्नेगरी तयारी भएको र उक्त ड्राफ्टमा शिक्षकहरु सहमत भए आजै सहमती गर्ने स्रोतले जनाएको छ ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग सहित ३ दिनदेखि देशभरका शिक्षकहरु सडक आन्दोलनमा छन ।



प्रतिक्रिया दिनुहोस !