४ जेष्ठ २०८१, शुक्रबार

वर्षाले सेती प्रादेशिक अस्पतालसहित धनगढी क्षेत्र जलमग्न

प्रकाशित मिति :  25 September, 2023 9:14 am


धनगढी । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल जलमग्न भएको छ । राति लगातार परेको पानीले पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हो ।

अस्पतालको भुइँतलामा रहेका वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको हो । धनगढीमा सडक निर्माणको कार्य भइरहेको मुख्य सडकमा पानी निकास नहुँदा जलमग्न भएका छन् । जसका कारण आवातजावातमा समस्या भएको छ । पसलहरूमा समते पानी पसेर क्षति भएको छ ।



प्रतिक्रिया दिनुहोस !