४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता

प्रकाशित मिति :  25 September, 2023 9:54 am


काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डले आजै समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड चिनियाँ प्रधानमन्त्री छियाङसँगको छलफलका लागि २३ बुँदे छलफलका एजेण्डा तय गरेका छन् ।

प्रधानमन्त्री दाहाल र समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०:५५ मा भेटवार्ता हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !