८ जेष्ठ २०८१, मंगलबार

दाङको अमिलियामा बस दुर्घटना हुदाँ २७ जना घाइते, ५ जनाको अवस्था गम्भीर

प्रकाशित मिति :  26 September, 2023 10:16 am


काठमाडौँ । काठमाडौँबाट सुर्खेत जाँदै गरेको रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ, लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार ५ जनाको अवस्था गम्भीर रहेको छ । कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको बस आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ, लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बसमा ४५ जना यात्रु सवार थिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !