४ जेष्ठ २०८१, शुक्रबार

प्रदर्शनरत ‘ई:’ लाई भेट्न पुगिन् उपमेयर सुनिता डंगोल

प्रकाशित मिति :  26 September, 2023 10:44 am


काठमाडौँ । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले प्रदर्शनरत अभियन्ता ईशान श्रेष्ठ ‘ई:’ लाई भेट्न राष्टि्यसभा गृह पुगेकी छन् । काठमाडौं महानगर मेयर कार्यालय अगाडि उभिएर प्रदर्शन गरिएका ईलाई भेट्न डंगोल आज विहान राष्टि्यसभा गृह पुगेकी हुन् ।

फुटपाथ व्यवसाहीप्रति क्रुर र अमानविय व्यवहार होइन, वैजानिक र व्यवहारिक व्यवस्थित गरिनुपर्ने माग राखि ई: ८ दिन अर्थात १६५ घण्टादेखि प्रदर्शनमा रहेका छन् ।

उपमेयर डंगोललाई भेटेपछि ईले उपमेयरले स्वास्थ्यलाभको कामना गर्दै सडक व्यवसायीहरुको वैकल्पिक व्यवस्थाका लागि आवश्यक नीति बनाउने जनाएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !