७ जेष्ठ २०८१, सोमबार

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

प्रकाशित मिति :  26 September, 2023 12:54 pm


काठमाडौँ । जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एकजना पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ५५ वर्षीय रामेश्वर नेपाली जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

नेपालीले १३ वर्षकी बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको जाहेरी कार्यालयमा आएपछि यही असोज ६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई जबरजस्ती करणी मुद्धा दर्ता गरी आइतवार जिल्ला अदालतलबाट म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !