८ जेष्ठ २०८१, मंगलबार

सुरक्षाको माग गर्दै माइतीघरमा चिकित्सकहरुको प्रर्दशन

प्रकाशित मिति :  26 September, 2023 1:00 pm


काठमाडौं । सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएका छन् । पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको विरोधमा सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएका हुन ।

सरकारको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएको र यस्तो अवस्थामा काम गर्न चिकित्सकहरुले काम गर्न नसक्ने भन्दै प्रर्दशन गरेका छन् ।
उनिहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राखेका छन् ।

डाक्टरहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् ।
निरन्तर आवासिय चिकित्सक माथि हातपात भइरहेको अवस्थामा सुरक्षित भएर काम गर्ने वातावरण छैन, प्रर्दशनमा सहभागी एक चिकित्सकले भने यदि सरकारले सुरक्षा ग्यारेन्टी नगर्ने हो भने डाक्टरहरु देशबाटै पलायन हुने अवस्था आउँछ ।

माइतीघरमा विरोध प्रदर्शन गर्दै चिकित्सकहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !