८ जेष्ठ २०८१, मंगलबार

सम्पर्कमा नआएका २२ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

प्रकाशित मिति :  27 September, 2023 8:16 am


काठमाडौँ । सम्पर्कमा नआएका नेपाल प्रहरीका वहालवाला प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिइएको छ । विगत एक महिनादेखि ४ जना सहायक हबल्दारसहित २२ प्रहरी सम्पर्कविहीन भएको कार्यालयले जनाएको छ।

सम्पर्कविहीन २२ जना प्रहरीहरुको नामावली सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

सम्पर्कबिहीन हुने प्रहरी सहायक हबल्दारहरूमा प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सीआरभीमा कार्यरत समिर दाहाल, विशेष सुरक्षा गण दुहबी सुनसरीमा कार्यरत प्रहरी सहायक हवलदार जनम राई छन्।

त्यसैगरी काठमाडौं, जनकपुर, ओखलढुंगा, मोरङ, संखुवासभा, उदयपुर, धनुषा, धादिङ, तनहुँ, पाल्पा, अर्घाखाँची, रुपन्देही, सुर्खेत लगायतका जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १८ प्रहरी जवान एक महिनासम्म सम्पर्कविहीन रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनीहरुलाई सात दिन भित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिइएको छ।



प्रतिक्रिया दिनुहोस !