२९ मंसिर २०८२, सोमबार

पर्वतमा खोलाले बगाउँदा बेपत्तामध्ये १ जनाको शव भेटियो २ जना अझै बेपत्ता

प्रकाशित मिति :  1 October, 2023 8:09 am


काठमाडौँ । पर्वतको कुश्मा नगरपालिका-७ र ८ को तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ । बेपत्ता जीप तमोदी किनारमा झण्डै ७ सय मिटर तल मुख्य भाग बाढीले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जीपमा सवार ३ जनामध्ये एक जनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन् ।

शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग १ ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता भएको थियो । बेपत्तामध्ये आज बिहान एक जनाको शव फेला परेको हो । प्रहरीका अनुसार उक्त शव रुपन्देही तिलोत्तमाका ३४ वर्षीय गोपाल बस्नेतको रहेको छ ।

शनिवार साँझ बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप तमादी खोलाले बगाएको थियो । बेपत्तामध्ये २ जनाका खोजी कार्य जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !