१७ बैशाख २०८१, सोमबार

‘अन्तर्राष्ट्रिय चेन होटलहरूमा दक्ष जनशक्तिको माग बढाए’

गेट कलेजको तेह्रौं दीक्षान्त सम्पन्न
प्रकाशित मिति :  9 October, 2023 1:16 pm


काठमाडौं । नेपालमा पर्यटनको विकाससँगै अन्तर्राष्ट्रिय स्तरका चेन होटलहरू यहाँ भित्रन थालेसँगै ती होटलमा नेपालभित्रकै शिक्षित दक्ष जनशक्तिको माग बढ्न थालेको यस क्षेत्रका सरोकारवालाहरूले बताएका छन् ।

“छ वर्षअघि म नेपाल आउँदा यहाँ चेन होटलहरूको संख्या निकै कम थियो,” होटल याक एन्ड यतिकी महाप्रबन्धक  मोनिका सैब्लर भन्छिन- “अहिले हेर्ने हो भने नेपालमा यस्ता चेन होटलहरूको संख्या द्रूत गतिमा बढ्न थालेको छ । यसले नेपालको पर्यटन र आतिथ्य सत्कारका क्षेत्रमा अवसर बढेको देखाउँछ ।”

विगत डेढ दशकभन्दा लामो समयदेखि नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापन तथा आतिथ्य सत्कार शिक्षा प्रदान गर्दै आएको काठमाडौंको मण्डिखाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन गेट कलेजले  तेह्रौं दीक्षान्त समारोहमा उनले नेपालभित्रै पर्यटन र आतिथ्य सत्कार पढेका दक्ष र शिक्षित जनशक्तिका लागि अवसर सिर्जना भइरहेको बताइन ।

नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय प्रतिनिधि म्याडम हाना सिंगर-ह्याम्डीले नेपाल संसारमै अद्वितीय प्राकृतिक, भौगोलिक सुन्दरताका साथै संस्कृतिक रुपमा धनी देश भएकाले यस देशका पर्यटन प्रबर्धनका लागि अथाह सम्भावना रहेको औंल्याउँदै यसका लागि दक्ष जनशक्तिको विकास हुनु गर्वको विषय भएको बताइन । 

पर्यटन तथा आतिथ्य सत्कारका क्षेत्रमा नेपालमा विशेषगरि महिलाहरूको सहभागिता बढ्नु उत्साहप्रद संकेत भएको उनको भनाइ थियो ।

स्थापनाकालदेखि नै स्वीजरल्यान्डस्थित होटलरी स्वीस, स्वीस होटल एशोसियनको सम्बन्धनमा बीएचएमएम तहको  होटल व्यवस्थापन तथा आतिथ्य सत्कार शिक्षा प्रदान गर्दै आएको गेट कलेजले हाल स्वीजरल्यान्डकै विश्व प्रसिद्ध ईएचएलको सदस्यका रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका साथै गेट कलेजले काठमाडौं विश्वविद्यालयसँगको सम्बन्धन तथा सहकार्यमा बीएचआईएम तहको होटल व्यवस्थापन तथा आतिथ्य सत्कार शिक्षा प्रदान गर्दै आएको छ ।

स्थापनाकालदेखि हालसम्म करिब १४०० विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको बीएचएम तहबाट दीक्षित भइ नेपाल भित्र र विश्वका विभिन्न देशका प्रतिष्ठित चेन हाेटलहरू, रेष्टुरेन्टहरूसहित पर्यटन तथा आतिथ्य सत्कारका क्षेत्रहरूमा कार्यरत रहेको गेट कलेजले जानकारी दिएको छ ।

नेपालका लागि स्वीस राजदूत डा. डेनियल म्युलीको प्रमुख आतिथ्य, नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय प्रतिनिधि म्याडम हाना सिंगर-ह्याम्डीको विशेष आथित्यका साथै, हाेटल याक एन्ड यतिकी महाप्रबन्धक मोनिका सैब्लर मुख्य वक्ता रहेको सो कार्यक्रममा दीक्षित विद्यार्थीहरू‍लाई पुरस्कृत समेत गरिएको थियो ।

सो अवसरमा ईएचएल एड्भाजरी अफिस इन्डियाका तर्फबाट अमन आदित्य सचदेवले गेट कलेजले ईएचएलको  सदस्य शैक्षिक प्रतिष्ठानका रुपमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापन तथा आतिथ्य सत्कार शिक्षाा प्रदान गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेम लकाइँ, डिन डा. जीवक बज्राचार्यले कलेजका शैक्षिक गतिविधिबारे प्रकाश पारेका थिए भने गेट एकेडेमिक काउन्सिलका प्रमुख प्राडा पिटर जोन्सले भिडियो सन्देशमार्फत विद्यमान प्रतिष्पर्धी विश्वमा आतिथ्य शिक्षाको महत्वबारे विशेष मन्तव्य दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !