५ जेष्ठ २०८१, शनिबार

इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे राष्ट्रपतिको चासो

प्रकाशित मिति :  9 October, 2023 2:46 pm


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवास बोलाएर इजरायलमा रहेका नेपालीहरुको उद्धार, स्वदेश फिर्ती तथा मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो राखेको शीतल निवास स्रोतले जनाएको छ ।

राष्ट्रपतिले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।

त्यसैगरी, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्रोतकाअनुसार राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !