५ जेष्ठ २०८१, शनिबार

इजराइलको युद्ध क्षेत्रमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे सम्वाद

प्रकाशित मिति :  9 October, 2023 4:36 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको युद्ध क्षेत्रमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन् ।

उनले सोमबार दिउँसो इजरायलमा रहेका विद्यार्थी विपिन सुवेदीसँग भिडिओ मेसेन्जरबाट कुराकानी गरेको स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।

इजरायलमा हमासको आक्रमणपछि बंकरभित्र रहेका नेपाली विद्यार्थी टीम लिडर सुवेदीसँग प्रधानमन्त्रीले उद्धारको लागि पहल भइरहेको जानकारी गराएका छन् ।

कुराकानीको क्रममा प्रधानमन्त्रीले इजरायल घटनाको बिषयमा छलफल गर्नको लागि क्याबिनेट र सर्वदलीय बैठक पनि बोलाइएको जानकारी गराएका छन् ।
अहिलेलाई चाहिने एकजोर कपडा र एउटा पासपोर्ट ब्यागमा हालेर रेडि भएर बस्ने र लोकेसन सेयर गर्न साथिहरुलाई भनेका र्छौ, हामीलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिनुस् सम्वादमा सुवेदीले प्रधानमन्त्रीसँग अनुरोध गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भर्दा २९ गते इजरालय गएका ४९ जना विद्यार्थीहरूमध्ये १० जनाको निधन भएको छ।



प्रतिक्रिया दिनुहोस !