५ जेष्ठ २०८१, शनिबार

स्याङ्जाबाट लागुऔषधसहित एक जना पक्राउ

प्रकाशित मिति :  10 October, 2023 10:48 am


काठमाडौँ । स्याङ्जाको गल्याङ् नगरपालिकाबाट अवैध लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ बौद्ध बस्ने २९ वर्षीय दोर्जे लामा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९८६२ नम्बरको बसमा सवार लामालाई अवैध लागुऔषधसहित गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीबाट हिजाे (सोमबार) पक्राउ गरेको हो ।

सवारी साधन चेकजाँच गर्ने क्रममा उनको साथबाट डाईजेपाम २८ एम्पुल, नुफिम ४८, एम्पुल र फेनरागन ४८ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !