५ जेष्ठ २०८१, शनिबार

बानेश्वरस्थित बागमती नदी किनारमा युवकको शव फेला

प्रकाशित मिति :  11 October, 2023 9:49 am


काठमाडौँ । बानेश्वर स्थित बागमती नदी किनारमा एक युवकको शव फेला परेको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् ।

प्रहरीले बागमती नदी किनारको झाडीमा महराको शव फेला पारेको हो। युवको शव नजिक रगत र सिरिन्ज समेत भेटिएको प्रहरीले जनाएको छ ।

उनी लागु औषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !