५ जेष्ठ २०८१, शनिबार

मोहन श्रेष्ठद्धारा लिखित “धर्मान्तरणको धन्दा” पुस्तक विमोचन

प्रकाशित मिति :  11 October, 2023 11:17 am


काठमाडौँ । अनुसन्धानकर्ता मोहन श्रेष्ठद्वारा लिखित ‘धर्मान्तरणको धन्दा’ पुस्तकको विमोचन भएको छ ।

धर्मान्तरणको धन्दाका लेखक मोहन श्रेष्ठ स्पातले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँ, रूवि भ्याली, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, मकवानपुर जस्ता गाउँहरूलाई केन्द्रबिन्दु बनाई लामो समय अनुसन्धानपछि नेपाली समाजमा धर्मान्तरणको धन्दा पुस्तक बजारमा ल्याइएको हो ।

गत शनिबार एक कार्यक्रमकाबिच उक्त पुस्तक संस्कृतविद् डा। जगमान गुरूङ ,पूर्व एआईजी कल्याण कुमार तिम्सिना र कलाकार निखिल उप्रेतीले सामुहिक रूपमा विमोचन गरेका थिए ।

पुस्तकमा विभिन्न दलका नेता, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखका अलावा नेताहरू धर्मान्तरणलाई सघाउन सक्रिय भएको खुलासा गरिएको छ । कतिपय अभियन्ताहरू समेत धर्मान्तरणको धन्दामा लागेको उल्लेख छ ।

पुस्तकका विषयवस्तुमा धर्मान्तरणबाट आहत पारिएको गाउँको कथाले वास्तविक नेपालको चरित्र चित्रण गरेको , विश्वका समृद्ध संस्कृतिको संहार गरेको , विभिन्न जातजातिको मौलिक संस्कृतिलाई निमिट्यान्न पारेको, आफ्नो भोगाई मार्फत धर्मान्तरित समाजलाई पुनः आफ्नो धर्ममा फर्काई शिवभक्त बनाउँदै मन्दिरको पुजारी बनाइएको, विभिन्न कालखण्डमा प्रकाशित धर्मान्तरणका आधिकारिक लेखहरूलाई आधारमानि पुस्तक प्रकाशित भएको विषय जानकारी गराइएको थियो।



प्रतिक्रिया दिनुहोस !