८ पुस २०८२, मंगलबार

आज विश्व दृष्टि दिवस

प्रकाशित मिति :  12 October, 2023 8:31 am


काठमाडौँ । आज विश्व दृष्टि दिवस परेको छ। हरेक वर्षको अक्टोबरको दोस्रो बिहीबारका दिन विश्व दृष्टि दिवस मनाइदै आइएको छ।

आँखाको महत्व दर्शाउँदै आँखा सुरक्षाको लागि सजक बनाउन हरेक वर्ष नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरेर मनाइदै आइएको छ। आँखामा लाग्ने रोग, दृष्टि कसरी गुम्छ भन्ने विषयमा यो दिवसमा बढी चर्चा हुने गर्छ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीबी) ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई न्यूनीकरण गर्न प्रत्येक वर्ष दिवस मनाउन नेतृत्वदायी भूमिका निभाउदै आएका छन्।



प्रतिक्रिया दिनुहोस !