५ जेष्ठ २०८१, शनिबार

आँधीखोलामा अवैध दोहन, ११ ट्याक्टर नियन्त्रणमा

प्रकाशित मिति :  12 October, 2023 2:55 pm


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाबाट प्रहरीले एघार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १३ गाहाखोलास्थित आँधीखोला किनारबाट अवैध रूपमा नदी जन्य पदार्थ ओसार पसारमा संलग्न नौ भरी र दुई खाली ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

स्थानीयको सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी थुमपोखराबाट स्याङ्जाबाट खटिएको प्रहरी टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रहरीले ग १ त ५९५१, ग १त ५९४३, ग १ त ५९२४, लु १ त ७१५६, लु ४ त ६८७९, लु ४ त ४२६०, लु ४ त ६८८६, लु ३ त ५३०८, ग १ त ३३६९ भरी तथा ग १ त ५१०५ र ग १ त ६११० खाली ट्याक्ट नियन्त्रमा लिएको खनालले बताए । नियन्त्रमा लिएका ट्याक्टरलाई नियमानुसार कारबाही गरिने र छाडिने खनालले बताए ।



प्रतिक्रिया दिनुहोस !