५ जेष्ठ २०८१, शनिबार

सेन्ट जर्ज स्कुलका विद्यार्थीद्वारा संसद बैठकको अवलोकन

प्रकाशित मिति :  13 October, 2023 8:40 am


काठमाडौँ । काठमाडौँको सेन्ट जर्ज स्कुलका विद्यार्थीले संघीय संसदको भवन अवलोकन गरेका छन् ।

वार्षिक कार्य तालिका अनुसार बिहीवार कक्षा दशका विद्यार्थीहरुलाई संघीय संसद भवनको अवलोकन गराइएको विद्यालयले जनाएको छ ।

सामाजिक अध्ययन विषयमा समावेश भएको पाठ्यक्रम अनुसार विद्यार्थीले राज्यका तीन अंगमध्ये व्यवस्थापिका बैठकको प्रत्यक्ष अवलोकन गरेका हुन् । संसद बैठकको प्रत्यक्ष अवलोकन गर्न पाउँदा विद्यार्थीहरू उत्साहित भएको विद्यालयले जनाएको छ ।

प्रध्यानाध्यापक मेघराज बजगाईले भने,“हाम्रो विद्यालयमा हामीले विद्यार्थीहरुलाई यो र यस्ता खालका धेरै कार्यक्रम बनाई विद्यार्थीहरुलाई हरेक कुरामा प्रत्येक्ष सहभागी गराउने गरेको छ । संसद बैठकको अवलोकन गर्न पाउँदा विद्यार्थीहरु निकै उत्साहित छन् ।”

विद्यालयले गत साल आफ्ना विद्यार्थीलाई नेपाल टेलिभिजन र रेडियोको स्टुडियोको प्रत्यक्ष अवलोकना गराएको थियो । यसले बालबालिकामा नयाँ खालको उत्साह र उर्जा प्रदान गर्ने गरेको बजगाईको अनुभव छ ।

उनले भने,“अब हामीले बालबालिकालाई फरक तरिकाले अध्ययन अध्यापन गराउनु पर्छ । यसमा विद्यालय र शिक्षासँग सरोकार राख्ने सबैले विशेष ध्यान दिन आवश्यक छ । जबसम्म शिक्षाको विकास हुँदैन तबसम्म कहिल्यै पनि देशको विकास हुन सक्दैन ।”



प्रतिक्रिया दिनुहोस !