८ पुस २०८२, मंगलबार

इजरायलमा ज्यान गुमाएका नेपालीहरूको सम्झनामा नामियाको दीप प्रज्वलन कार्यक्रम

प्रकाशित मिति :  15 October, 2023 10:00 pm


काठमाडौँ। इजरायलमा ज्यान गुमाएका नेपालीहरूको सम्झनामा स्वयम्भूनाथ मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको छ ।
हमासको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीहरूको सम्झनामा नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) काठमाडाैँस्थि ले स्वयम्भूनाथ मन्दिर परिसरमा दीप प्रज्वलन गरेको हो ।

हमास समुहको आक्रमणमा परेर इजरायलमा “लर्न एण्ड अर्न” कार्यक्रम अन्तर्गत गएका १० जना नेपाली विद्यार्थीहरूको दुखद निधन भएको थियो ।

केही घाइते भएको नेपाल सरकारले जनाएको छ। घाईते मध्ये केही स्वदेश फर्किसकेका छन् भने गम्भीर घाईते केहीको इजरायलमै उपचार भइरहेको छ ।

नेपाल सरकारले केही दिनअघि विमान चार्टर गरेर इजरायलीमा रहेका २५४ जना नेपालीको उद्धार गरेको थियो । दुखद निधन भएका १० नेपाली विद्यार्थीहरूको शब नेपाल ल्याउने सम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृया बमोजिम इजरायलका सम्बन्धित निकायबाट बाट भइरहेको नेपाल सरकारले जनाएको छ।

इजरायलमा हमास समुहको आक्रमणमा परेर ज्यान गराएकाहरूको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।

दीप प्रज्वलनमा समितिका पदाधिकारी, पूर्व अध्यक्ष, कार्य समिति सदस्यहरू तथा साधारण सदस्यहरू सहभागि भएका थिए ।



प्रतिक्रिया दिनुहोस !