५ जेष्ठ २०८१, शनिबार

काभ्रेको पाँचखाल नगरपालिका ज्यामिरकोटमा रहेको ज्ञानोदय आधारभूत विद्यालयलाई आर्थिक सहयोग

प्रकाशित मिति :  16 October, 2023 1:48 pm


काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं. २ ज्यामिरकोटमा रहेको ज्ञानोदय आधारभूत विद्यालयलाई विभिन्न व्यक्तिले आर्थिक सहयोग गरेका छन् ।

विद्यालयलाई आर्थिक रुपमा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग रकम उठाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष समेत रहेका दाहालले २५ हजार रुपैयाँ सहयोग घोषणा गरेका छन् । यस्तै वडा नं. २ का वडा अध्यक्ष रामेश्वर दाहालले २५ हजार रुपैयाँ , रबिन्द्र सिवखानले २५ हजार रुपैयाँ, पूर्व शिक्षक बिनोद सापकोटाले १० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

यस्तै हरिराम सापकोटाले १० हजार रुपैयाँ, पुरुषोत्तम आचार्यले ५ हजार रुपैयाँ, रामकृष्ण अधिकारीले १० हजार रुपैयाँ, सोकनाथ गौतमले ५ हजार रुपैयाँ,तोयानाथ सापकोटाले ५ हजार रुपैयाँ सहयोगको घोषणा गरे । सहयोगबाट १ लाख २० हजार रुपैयाँ सहयोग उठेको कुरा शिक्षक माधब नेपालले जानकारी दिए ।

विद्यालयले २०८० सालको विजयादशमी, दिपावली, छठ एवं नेपाल सम्वत ११४४ को उपलक्ष्यको अवसरमा शुभकामना एवं साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बागमती प्रदेश यातायात,रोजगार तथा श्रम मन्त्री लक्ष्मण लम्साल समेत सहभागि भएका थिए ।

कार्यक्रममा पाँचखाल नगरपालिका उपमेयर सुर्यमाया दनुवार, साविक अनैकोट गा.वि.सका पूर्व अध्यक्ष हरिराम सापकोटा, वर्तमान वडा अध्यक्ष रामेश्वर दाहाल लगायत सहभागि भएका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले संगीत, नृत्य लगायत अन्य विविध कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयका विविध गतिविधिबारे विद्यालयका प्रध्यानाध्यापक मेघनाथ अधिकारीले जानकारी गराएका थिए ।

स्थानीय बुद्धिजीवी विष्णु अधिकारीले विद्यालयको र स्थानिय समस्याकोबारे मन्त्री र उपमेयर समक्ष जानकारी गराउँदै सहयोग गर्न अपिल गरेका थिए ।

उपमेयर दनुवारले यस स्कुललाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने कुरा बताउँदै आगामी शैक्षिक सत्रका लागि दरबन्दी थप्ने कुरामा आफू लागिपर्ने बताए । मन्त्री लम्सालले आफूले यो ठाउँमा रहेको विद्यालयमा संधै आफ्नो सहयोग रहने बताए ।



प्रतिक्रिया दिनुहोस !