३ जेष्ठ २०८१, बिहिबार

एनआरएनको नयाँ नेतृुत्व चयनको लागि मतदान जारी

प्रकाशित मिति :  19 October, 2023 11:59 am


काठमाडौं । गैरआवासीय नेपाली स‌ंघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा मतदान सुरु भएको छ।

बिहीबार काठमाडौंको सोल्टी होटलमा विहान १० बजेदेखि मतदान सुरु भएको छ । मतदाताहरुले बेलुकी ८ बजेसम्म मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै अनलाइन भोटिङ भने मध्यराति १२ बजेदेखि नै सुरु भएको हो । फेसियल भेरिफिकेसनका आधारमा मतदान गर्नेले राति १२ बजेसम्म मतदान गर्ने छन्।

एनआरएनएको जारी ११औं अधिवेशनका लागि कूल ४ हजार २२७ प्रतिनिधि छन्। जसमध्ये काठमाडौँमा ६ वटै क्षेत्रका ८२६ प्रतिनिधि भेला भएका छन्।

जसमा अफ्रिकाबाट ११, अमेरिकाबाट १२१, एसिया प्यासेफिकबाट १९१, युरोपबाट २२९, मध्यपूर्वबाट २०२ र ओसियानाबाट ७२ जना छन्।

समितिका अनुसार आगामी कार्यकालको लागि अध्यक्षमा डा। बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापा निर्वाचन लड्दै छन् ।



प्रतिक्रिया दिनुहोस !