३ जेष्ठ २०८१, बिहिबार

साउदी अरबलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

प्रकाशित मिति :  19 October, 2023 1:38 pm


काठमाडौ । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा साउदी अरबलाई फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ३०१ रनको फराकिलो जित हासिल गरेको छ । यो सँगै नेपालले समूह चरणमा तीनवटै खेलमा विशाल जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

ब्याटिङमा ओपनर अर्जुन कुमालले १४२ रनको किर्तिमानी इनिङ खेले भने बलिङमा दीपेश कँडेलले फेरि एकपटक ५ विकेटको सफलता पाए । एकपक्षीय खेलमा कुनै पनि क्षण साउदीअरबले नेपाललाई चुनौति दिन सकेन ।

नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनी १४२ रन बनाएर आउट भए । अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।

चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रे १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुईरदुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एकरएक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !