३ जेष्ठ २०८१, बिहिबार

भद्रकालीमा सवारी पूजा गर्नेको भीड

प्रकाशित मिति :  23 October, 2023 2:33 pm


काठमाडौँ। काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ । बडा दसैँअन्तर्गत आज महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरू र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अगाडि धोई,पखाली गाडी सर्भिसिङ गरिन्छ ।

महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन् । आजको दिन विशेषतः अटो शोरुमहरुले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरुको विशेष पूजाअर्चना गर्छन् ।

विधिवत् रूपमा गरिने यो पूजालाई विशेष महत्वका रूपमा लिइन्छ । नवरात्रको महाअष्टमीरनवमीमा औजारहरूको पूजा गरेमा औजारहरू वा साधनहरू धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ ।

कतिपयले अष्टमीकाे दिन पनि पूजा गरेका छन् भने धेरैले आज नवमीकाे दिन पूजा गरेका हुन्।



प्रतिक्रिया दिनुहोस !