१७ माघ २०८२, शनिबार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आउँदै

प्रकाशित मिति :  27 October, 2023 3:31 pm


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेस चार दिने भ्रमणको लागि कात्तिक १३ गते सोमबार नेपाल आउने भएका छन् ।

महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनले १४ गते संघीय संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !