पोखरामा माइक्रोबस दुर्घटना हुँदा २५ जना घाइते
प्रकाशित मिति : 29 October, 2023 5:07 pm
काठमाडौं । पोखराको छोरेपाटनमा माइक्रोबस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नं को माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
प्रवक्ता विकका अनुसार बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्दार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








