२ फाल्गुन २०८२, शनिबार

हल्का हिमपातको र वर्षाको सम्भावना

प्रकाशित मिति :  1 November, 2023 7:41 am


काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ ।

देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !