१७ बैशाख २०८१, सोमबार

१६ औँ गोदावरी मेलाकाे आज तेस्राे दिन, दाेस्राे दिनसम्म साढे ११ हजारकाे अवलोकन, २९ लाखको कारोबार

प्रकाशित मिति :  2 November, 2023 7:50 am


काठमाडौँ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ मंगलवारबाट ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दोस्रो दिनदेखि अवलोकनकर्ताको घुइँचो बढेको छ ।

आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार पहिलो दिन मंगलबार ४ हजार २५ मात्रले मेला अवलाेकल गरेकाेमा दोस्रो दिन बुधवार ७ हजार २०० ले मेला अवलोकन गरेका छन् । मेला कार्तिक १८ गते (शनिवार) सम्म चल्नेछ ।

पहिलो र दोस्रो दिन गरेर कुल ११ हजार ४५० जनाले मेला अबलोकन गरेको र करिब २९ लाख २५ बढीकाे काराेबार भएकाे अध्यक्ष मीन बहादुर तामाङले बताए । बिहिवार अवलाेकनकर्ताकाे घुँइचाे थप बढ्ने अनुमान गरिएकाे छ। मेला शनिवारसम्म चल्नेछ।

पुष्प विकास केन्द्र सह आयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ । कृषि विकास बैंक बैंकिङ साझेदार रहको छ ।

प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका छन् ।

हाल नेपालमा ४८ जिल्लामा करीब २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको फ्यानको तथ्याकं छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजार भन्दा बढी जनशक्ति रोजगारमा संलग्न छन् ।

यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ । हरेक वर्ष एसासिएसनले पुष्प तिहार अगाडि जावलाखेलमा गोदावरी मेला गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस !