बाग्मती प्रदेश मन्त्रीका अंगरक्षक झुण्डिएको अवस्थामा मृत फेला
प्रकाशित मिति : 7 November, 2023 2:37 pm
काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक यामबहादुर सुवेदी अंगरक्षक मृत फेला परेका छन्।
मन्त्री दुलालका अंगरक्षक ४२ वर्षीय यामबहादुर सुवेदी आज हेटौंडा ११ नवलपुरको वनदेवी जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कम्बर पेटीले घाटीमा पासो लगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।








