२३ बैशाख २०८१, आइतबार

पोखरा महानगरले रैथाने उत्पादन प्रवर्द्धन गर्न शनिवार हाटबजार चलाउने, सयपत्री फूल मेला हुने

प्रकाशित मिति :  9 November, 2023 7:49 am


काठमाडौँ । पोखरा महानगरपालिकाले रेथाने उत्पादन प्रवर्द्धन गर्न शनिवारे हाटबजार सुरू गर्ने भएको छ। पोखरास्थित श्रीकम्प्लेक्ससँगको सहकार्यमा महानगरले हाटबजार चलाउने भएको हो।

हाटबजारमा १० बढी स्टल रहनेछन् भने मनखुसी फाउन्डेसनले तयार गरेको हस्तकला उत्पादन, प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले तयार गरेको धागोका सामानहरू बिक्री हुने जानकारी महानगरले दिएको छ।

तिहार नजिक आएकाले  आउदो शनिवारको मेला तिहारलक्षित उपजमा केन्द्रीत हुने भएको छ । सयपत्री फूल मेला समेत आयोजना हुने तथा माला तयारी प्रतिस्पर्धा सम्रत हुनेछ।

स्थानीय कृषकहरूसँगको साझेदारीमा पोखरामा उत्पादित सयपत्री फुल विक्रीका लागि राखिने भएको हो। पुष्पाञ्जलीले तयार गरेको बिहेका सामान, कृषि सञ्जालका उत्पादन पनि बिक्रीका लागि राखिने भएको छ।

रैथाने हाटबजारमा तिहार लक्षित सेल रोटी, झिलिङ्गा, चिनिरोटी, कोदो, मकै, गहुँ, फापर लगायत तरकारी जन्य वस्तुहरू बिक्रीका लागि राखिने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !