२० जेष्ठ २०८१, आइतबार

आज विवाहपञ्चमी, मधेस प्रदेशमा सार्वजनिक बिदा

प्रकाशित मिति :  17 December, 2023 7:30 am


काठमाडौँ । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो।

आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा जनकपुरमा सीताराम विवाहपञ्चमी मनाइन्छ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं दिनलाई मुख्य दिन मानिन्छ । विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन्। जन्तीका रुपमा आएका श्रद्धालु भक्तजनलाई मिष्ठान्न मिथिला भोजन गराई दक्षिणा दिएर बिदाइ गर्ने प्रचलन छ ।



प्रतिक्रिया दिनुहोस !