१७ बैशाख २०८१, सोमबार

आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह

प्रकाशित मिति :  18 December, 2023 7:35 am


काठमाडौँ । आज त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रङ्गशालामा आयोजना हुने लागेकाे कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् ।

बिहान साढे ११ बजेदेखि दीक्षान्त समारोहको औपचारिक कार्यक्रम सुरु गर्ने तयारी रहेको छ । यो वर्ष त्रिभुवन विश्वविद्यालयलबाट १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले बताए ।

त्रिविले यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गर्दै राष्ट्रपतिको हातबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिनेछ । बाँकी विद्यार्थीलाई समारोहमा राखिएका ५६ वटा स्टलहरूबाट प्रमाणपत्र वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !