६ जेष्ठ २०८१, आइतबार

भक्तपुरमा नेपाल प्रहरीका सई आफ्नै घरमा मृत फेला

प्रकाशित मिति :  24 December, 2023 12:45 pm


काठमाडौँ । भक्तपुरमा नेपाल प्रहरीका एक जना सई आफ्नै घरमा मृत फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित आफ्नै घरमा मृत फेला परेका हुन् ।

घिमिरे आफ्नै घरको तेस्रो तलामा कोठाभित्र मृत अवस्थामा फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले जानकारी दिए । घटनाको जानकारी लगत्तै तत्काल प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिएर थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !