२२ मंसिर २०८२, सोमबार

बाघको आक्रमणमा परेर मृत्यु भएका सुमित थारुको परिवारलाई बारबर्दिया नगरपालिकाको सहयोग

प्रकाशित मिति :  26 December, 2023 7:54 am


बर्दिया । बारबर्दिया नगरपालिकाले बाघको आक्रमणमा परेर मृत्यु भएका १२ वर्षीय सुमित थारुको परिवारलाई राहत प्रदान गरेको छ ।

सोमबार भएको श्रद्धाञ्जली सभा कार्यक्रममा नगरपालिकाले सुमितको परिवारलाई राहत स्वरुप १ लाख रुपैयाँ प्रदान गरेको हो ।

सुमितको पुस ७ गते दिउँसो बाघको आक्रमणमा परेर निधन भएको थियो । बबइ नदिमा नुहाउन गएका सुमितलाई जिरा सामुदायिक बन नजिकै बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।

घाइते उनलाई आर.सी.थारु मेमोरियल अस्पताल जयनगर बर्दिया पुर्‍याइएको थियो ।

उपचारकै क्रममा सुमितको मृत्यु भएको हो । बारबर्दिया नगरपालिका वडा नं. ४ बैरिया स्थित सुमितको घरमा भएको श्रद्धाञ्जली कार्यक्रमकाबिच नेपाली कांग्रेस लुम्बिनीका प्रमुख सचेतक जन्मजय तिमिल्सिना तथा बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारुले सुमितका परिवारलाई रकम हस्तान्तरण गरेको हो ।

प्रमुख सचेतक तिमिल्सिनाले सुमितका परिवारलाई सहयोग गर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !