५ जेष्ठ २०८१, शनिबार

गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल

प्रकाशित मिति :  10 January, 2024 10:37 am


काठमाडौँ । गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षहरूमा तोरण बहादुर बानियाँ र इन्द्रा मल्ल चयन भएका छन् भने महासचिवमा मान बहादुर थापा, सचिवमा अरुण गुरुङ, कोषाध्यक्षमा शिरोमणी थापा चयन भए ।

त्यसैगरी कार्यसमिति सदस्यमा ललित कुमार गुरुङ (नवलपुर), इन्द्र पाठक (बागलुङ), बिनोद कुमार घर्ती (म्याग्दी), जगदिश कुवंर (पर्वत), रत्न बहादुर गुरुङ (स्याङजा) र बिजय खनाल (तनहुँ) रहेका छन् ।

यसअघि भेलालाई सम्बाेधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले नेपाली खेलकुदमा लोकतान्त्रिक प्रक्रियाका अभ्यासहरू आवश्यक रहने कुरा औंल्याउँदै खेलकुद विकासका लागि सबैको सहकार्य आवश्यक रहने कुरामा जोड दिए ।

कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतमले निश्वार्थ रूपमा काम गर्न सके खेलकुद विकासले गति लिने बताए ।

संघका अध्यक्ष बरुवालले सबैको सल्लाह र सुझावलाई मनन गर्दै संघलाई एक ढिक्का बनाएर खेलाडीहरुको हित र एथलेटिक्स खेलको विकासमा आफ्नो योगदान रहने प्रतिवद्धता व्यक्त गरे ।

सम्पन्न भेलाले केन्द्रिय प्रतिनिधीमा उपाध्यक्ष इन्द्रा मल्ल र अग्रज खेलाडी खड्ग बहादुर रानाभाटलाई सर्वसम्मत चयन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !