२५ बैशाख २०८१, मंगलबार

भीरकोट नगरपालिका द्धारा कृषकलाई हाते ट्याक्टर वितरण

प्रकाशित मिति :  10 January, 2024 4:50 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा पालिकाभित्रका कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।

किसानलाई कृषि पेशामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यन्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले ६० वटा हाते ट्याक्टर वितरण गरिएको नगरपालिकाका प्रवक्ता दिप्रेन्द्र केसीले जनाकारी दिए ।

नगरपालिकाका अनुसार २० वटा पेट्रोलबाट चल्ने र ४० वटा डिजेलबाट चल्ने हाते ट्याक्टर वितरण गरिएको हो । जसमा पेट्रोलबाट चल्ने ३० हजारको हाते ट्याक्टरलाई कृषकले १५ हजार तिरेर लगेका छन् भने डिजेलबाट चल्ने ४९ हजारको ट्याक्टरलाई २४ हजार ५०० रुपैँया तिरेर लगेका हुन् ।

नगरपालिकाले यस अघि सूचना मार्फत कृषकहरूलाई ट्याक्टरको माग निवदेन पेश गर्न आग्रह गरिएको र सोहि मागको आधारमा कृषि फर्म, कृषि समुह तथा कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको प्रवक्ता केसीले बताए ।

उनका अनुसार किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो । उनले भने, “गाउँमा गोरु पाल्ने चलन हराइसक्यो, काम गर्ने मान्छे छैनन् । त्यसैले कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौं ।”

नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको प्रवक्ता केसीले बताए । स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकोले विदेशिएका युवालाई आकर्षित गर्न अनुदानमा सहयोग गरिएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !