२५ बैशाख २०८१, मंगलबार

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

प्रकाशित मिति :  11 January, 2024 10:01 am


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्का मृत अवस्थामा फेला परेका छन् ।

बुधबार राति मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको अवस्थामा वडा अध्यक्ष खड्का मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

वडा अध्यक्ष खड्का भीमदत्त नगरपालिकाका प्रवक्ता समेत हुन । उनी ऐठपुर क्षेत्रको नहर किनारमा बिहीबार बिहान ५ बजे मृत अवस्थामा फेला परेको प्रहरी उपरिक्षक थापाले बताए ।

रातिको समयमा बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरी उपरीक्षक थापाले भने बताए । ‘छेउमा खानेपानीको पाइप देखिन्छ, उहाँ त्यही ठोक्किएर दुर्घटनामा पर्नु भएको देखिन्छ’ ।

प्रारम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ, प्रहरी उपरीक्षक थापाले भने, ‘घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।

बुधवार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !