२४ बैशाख २०८१, सोमबार

आज ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

प्रकाशित मिति :  12 January, 2024 8:08 am


काठमाडौँ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै प्रत्येक बर्ष पौष २७ मा पृथ्वी जयन्ती मनाइन्छ ।

विसं १७७९ मा गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावती शाहका जेठो सन्तान भएर जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए ।

शाहले छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । उनले आफ्नो शासनकालमा ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने सन्देश दिएका थिए ।

पृथ्वी जयन्तीका अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित उनको सालिकमा पुष्पहार अर्पण गरिँदैछ। उनको जन्मस्थान गोरखामा पनि विषेश कार्यक्रम गरी पृथ्यी जयन्ती मनाइँदै छ । सो अवसरमा आज सरकारले सार्जवनिक बिदा समेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस !