म्यानचेस्टर सिटीले न्यूक्यासललाई हरायो, सिटी अंक तालिकाको दोस्रो स्थानमा
काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार उत्कृष्ट पुनरागमनका साथ जित निकालेको छ। सिटीले अन्तिम १७ मिनेटमा २ गोल गर्दै न्यूक्यासललाई ३-२ ले पराजित गरेको हो।
न्यूकासलकै घरेलु मैदान सेन्ट जेम्स पार्कमा सिटीले ३ गोल प्रहार गरेको थियो। न्यूकासलले जवाफी २ गोल गरेपनि जीतका लागि प्रयाप्त भएन ।
खेलमा सिटीले अग्रता बनाएपनि पहिलो हाफमा २-१ ले पछाडि परेको थियो। सिटीका लागि बर्नान्डो सिल्भाले २६ औं मिनेटमा गोल गरेका थिए। केभिन डिब्रुयनले ७४ औं मिनेटमा र ओस्कार बबले इन्ज्युरी समयमा गोल गरे।
न्यूकासलका लागि ३५ औं मिनेटमा अलेक्जेन्डर इशाक र ३७ औं मिनेटमा एन्थोनी गोर्डोनले गोल गरे।
जितपछि २० खेलमा ४३ अंक सहित सिटी प्रिमियर लिगको अकं तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरपुलभन्दा सिटीको २ अंक कम छ। २९ अंक सहित न्युक्यासल १०औं स्थानमा छ ।








