५ जेष्ठ २०८१, शनिबार

त्रिशूलीमा खसेको गाडी भारतीय नम्बर प्लेटको बोलेरो

प्रकाशित मिति :  16 January, 2024 8:23 am


काठमाडौँ । त्रिशूली नदीमा खसेको गाडी भारतीय नम्बर प्लेटको बोलेरो रहेको सशस्त्र प्रहरीको गोताखोर टीमले पत्ता लगाएको छ । गाडी खसेको आशंकामा आज बिहान गोताखोर परिचालन गरी खोजी कार्य सुरु गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनको बीआर ०९ जीसी १४३० नम्बरको बोलेरो गाडीभित्र मान्छे र सामान पनि केही नभएको अवस्थामा भेटिएको जानकारी दिएको छ ।

आज बिहान पाँच बजेतिर नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकैल त्रिशुली नदीमा गाडी खसेको आशंकामा स्थानीयले सूचना दिएपछि गोताखोर परिचालन गरी खोजी कार्य सुरु गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !