२३ बैशाख २०८१, आइतबार

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

प्रकाशित मिति :  16 January, 2024 10:23 am


काठमाडौँ । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । आजभन्दा ९० वर्ष अगाडी गएको विनाशकारी भूकम्पको क्षतिपछि सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना जगाउन प्रत्य्रक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

वि स १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ आज २६ औं भूकम्प सुरक्षा दिवस मनाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

चन्द्रागिरी नगरपालिकामा भूकम्प सुरक्षा दिवस मूल समारोह हुने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरिक हुने प्राधिकरणले जनाएको छ।

विस १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाले ज्यान गुमाएका थिए भने ८० हजार घर ध्वस्त भएका थिए। यसैगरी विसं २०७२ बैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठ हजार छ सय ७० जनाको मृत्यु भएको थियो । सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो।



प्रतिक्रिया दिनुहोस !