५ जेष्ठ २०८१, शनिबार

नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन पहल भइरहेको छ: भुवन केसी

प्रकाशित मिति :  16 January, 2024 4:15 pm


काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनुपर्ने बताएका छन् । मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनसके अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रहरुले प्रतिष्पर्धा गर्नसक्ने बताए ।

उनले नेपाली चलचित्रमा विदेशी लगानीको प्रावधान नरहेको भए पनि आफूहरुले अहिले पहल गरिरहेको बताए । चलचित्र निर्माणका लागि आवश्यक सामग्रीहरु ल्याउने वातावरण नरहेको उनको गुनासो छ ।

अध्यक्ष केसीले चलचित्रका लागि सबैभन्दा ठूलो कुरा चलचित्र ऐन भए पनि पुरानो चलचित्र ऐनअनुसार अहिले चल्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !