२३ बैशाख २०८१, आइतबार

स्याङ्जाकाे चापाकोटमा दुई महिने साङ्केतिक भाषा तालिम सुरू

प्रकाशित मिति :  16 January, 2024 6:07 pm


काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ९ मगर भवनमा दुई महिने साङ्केतिक भाषा तालिम सुरू गरिएको छ ।

चापाकोट नगरपालिकाको मुख्य सहयोगमा चापाकोट अपाङ्ग संघले आयोजना गरेको तालिममा बोल्दै चापाकोट नगरपालिकाका नगर उप प्रमुख इशा रानाले राज्यले अपाङ्गहरूको दैनिक जीवनमा आइपर्ने समस्याहरू समाधान गर्न सहयोग गरिरहेको भए पनि लक्ष्य अनुरुप कार्य हुन नसकेको बताइन् ।

नगरपालिका भित्रका हरेक अपाङ्ग नागरिकको क्षमता विकासका लागि नगरले योजना बनाएर सीप विकास तालिममा लगानी गरिएको बताइन् । तालिममा ५० जनाकाे सहभागिता रहने आयाेजकले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !