५ जेष्ठ २०८१, शनिबार

प्यूठानमा ३ हजार ६५ ज्यालादारी मजदूर परिवारलाई राहत वितरण

प्रकाशित मिति :  3 May, 2020 12:32 pm


प्यूठान, २१ वैशाख ।

प्यूठानमा लकडाउन प्रभावित ३ हजार ६५ ज्यालादारी मजदूर परिवारले राहत पाएका छन् ।

जिल्लाका स्थानीय तहले सम्बन्धित वडामा गरेको लगत संकलनका आधारमा राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले जानकारी दिए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले थालेको लकडाउनबाट प्रभावित परिवारलाई स्थानीय पालिकाले अहिले पहिलो चरणको राहतस्वरुप खाद्य पदार्थ वितरण गरेका छन् ।

प्यूठान नगरपालिका र माण्डवी गाउँपलिकाले दोस्रो चरणमा राहत वितरण गर्नका लागि लगत संकलन गरिरहेका छन् ।

प्यूठानले मजदूर तथा विपन्न परिवारका लागि पाँच लाख रुपैइाँ भन्दा बढी रकमको खाद्य पदार्थ मौज्दात राखेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !