५ जेष्ठ २०८१, शनिबार

घरको छतबाट लडेर एक वृद्धको मृत्यु

प्रकाशित मिति :  17 January, 2024 9:36 am


कैलाली । कैलालीको धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-४ बसपार्क नजिक छोराको घरमा बस्दै आएका ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यु भएको हो।

घरको तिन तलाबाट लडेर गम्भिर घाईते भएका माझीको सेती प्रादेशीक अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

माझीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालका राखिएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।



प्रतिक्रिया दिनुहोस !