५ जेष्ठ २०८१, शनिबार

काठमाडौँमा युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै

प्रकाशित मिति :  17 January, 2024 11:16 am


काठमाडौँ । नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ । यहि माघ २२ र २३ गते शिखर सम्मेलन हुन लागेको हो । नेपाल पोलिमर इन्स्टिच्यूट र युनिग्लोब एस. एस.रकलजेको आयोजना तथा शिक्षा मन्त्रालयसँगको सहकार्यमा युवा वैज्ञानिक सम्मेलन हुन लागेको हो ।

त्यसैगरि सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्निोलोजी (नास्ट),नेसनल इनोभेसन सेन्टर (एनआइसी) ,युनेस्को नेपाल,रिसर्च एण्ड डेभलपमेन्ट सोसाइटी (आरडिएस) र साइन्स टिचर्स नेपाल लगायतको सहकार्यमा सम्मेलन गर्न लागिएको हो ।

उक्त शिखर सम्मेलनमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले शोधकर्ताको रूपमा सम्मेलनमा भाग लिन सक्ने आयोजकले जनाएको छ । युवा शोधकर्ताहरूका लागि विभिन्न ६ वटा विधामा छुट्टाएको छ । जस अन्तर्गत इन्जिनियरिङ र रोबोटिक्स,जीवन विज्ञान,रसायन र वातावरण विज्ञान,भौतिक विज्ञान र गणितका साथै कम्युटर विज्ञान र इन्डिजेनिएस ज्ञान र प्रविधि विधा तोकिएको छ ।

यस शिखर सम्मेलनमा विशेषगरी महिला र फरक क्षमता भएका युवा वैज्ञानिकलाई प्राथमिकतामा राखिएको छ ।
सम्मेलनमा प्रस्तुत गरेको विषयवस्तु,भिडियो क्लिपका साथै पोष्टर र मौखिक रुपमा प्रस्तुतकरणका आधारमा छनौट गरिने आयोजकले जनाएको छ ।

युवा शिखर सम्मेलनमा सहभागी युवाहरूलाई विभिन्न उपाधि,प्रमाणपत्रका साथै ६ वटै विधाका विजेतालाई पदक समेत प्रदान गरिने छ । प्रत्येक विधाका विजेताहरूलाई १३ औं एसिया प्यासिफिक सम्मेलनमा भाग लिनका लागि आवेदन दिन पाउने छन् । पुरस्कारका विजेताहरूले राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरका अन्य खोज अनुसन्धानमुलक गतिविधिमा भाग लिन पाउने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !